"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता

प्रकाशित मिति :  25 September, 2023 10:53 am


रासस / बेईजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्टा भएको हो । भेटवार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव लगायत मन्त्रीहरु पनि सहभागी छन् ।

द्विपक्षीय भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भइरहेको छ । यो भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा हस्ताक्षर हुनेछ । द्विपक्षीय भेटवार्ता यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लीले ग्रेट हल अफ दि पिपुलमा स्वागत गरेका थिए । त्यसपछि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो । त्यसअघि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी