"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैदेशिक रोजगारी समिक्षा : पछिल्लो छ महिनामा १ लाख ६७ हजार बाहिरिए

प्रकाशित मिति :  1 March, 2022 9:36 pm


काठमाडौँ । कोभिड–१९ को असर कम भएसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढ्न थालेको छ । जसअनुसार गत साउनदेखि पुससम्म १ लाख ६७ हजार ५ सय १३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ११ गुणा बढी हो । २०७७ को साउनदेखि पुससम्म १५ हजार ४९ जनाले मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो । साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि पुनस् श्रम स्वीकृति लिने नेपालीको संख्या २९८.१ प्रतिशतले बढेर १ लाख ३० हजार २ सय १२ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या फेरि बढ्न थाले पनि रेमिट्यान्स आप्रवाह भने गत साउनयता लगातार घटिरहेको छ । यो अवधिमा हुन्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरु सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकार बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ – शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपियाँ कमाइ हुन्छ भन्दा जोकोहीलाई पत्याउन गाह्रोे पर्छ

काठमाडौँ – गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार श्रम