"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  27 September, 2023 6:38 pm


काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा उठ्नुपर्ने राजस्व रकम ६२ लाख ९१ हजार २०४ रुपियाँ र ठेक्का नभएको भरौटे र बलौटे माटो गैरकानुनी ढङ्गले उत्खनन् गरी बिक्री गर्न दिएको राजस्व १८ लाख ४४ हजार १७७ रुपियाँ गरी जम्मा ८१ लाख ३५ हजार ३८२ रुपियाँ राजस्व चुहावट भएको आरोप चौधरीलाई लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपियाँ जरिवानाको मागदाबी लिइएको आयोगले जनाएको छ । त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्कीले प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयलाई अनदेखा गरेको आरोप लागेको छ ।

यसैगरी, तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालले नदीजन्य सामाग्रीको ठेक्का दिँदा ठेक्को न्यूनतम रकम कायम गर्न मिलेमतो गरेका कारण राजस्व चुहावट भएको आरोप छ । निश्चल ट्रेडर्स हेटौडाका प्रोप्राइटर तथा ठेकेदार राजेश बछारले सम्झौता सर्त विपरीत बोलपत्र र सम्झौता नभएको दरभाउमा नदीजन्य पदार्थ उत्खनन् र बिक्री गरेको आरोपपत्र बुधबार विशेष अदालत काठमाडौँमा दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द