"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईसीटी अवार्डका लागि उत्कृष्ट १२ स्टार्टअप छनोट

प्रकाशित मिति :  29 September, 2023 1:19 pm


काठमाडौँ ।  आईसीटी अवार्ड २०२३ को छनोट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ स्टार्टअप बिजेनस छानिएका छन् । लिभिङ विथ आईसीटीको आयोजनामा भएको अवार्ड छनोटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्टहरू सार्वजनिक भएका हुन् । 

छनोट प्रक्रिया अन्तर्गत अब स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेसन र स्पिड डेटिङ सेसनमा यी १२ स्टार्टअप सहभागी हुनेछन् । उक्त सेसनबाट उत्कृष्ट ५ को छनौट भएर पब्लिक भोटिङ सञ्चालन हुनेछ । विधा ए अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ को छनोट प्रक्रिया जारी छ ।

उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजिज प्रालि, भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, लेन्समी अप प्रालि, नेपाट्रोनिक्स इन्जिनियरिङ सोलुसन प्रालि, क्विकफक्स कन्सल्टिङ प्रालि, रासन टेक्नोलोजिज प्रालि, स्टेलर कम्प्युटर सिस्टम प्रालि, टास्क सेवा प्रालि, अपटाउन प्रालि र यार्सा टेक प्रालि छन् ।

यस्तै उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनमा ब्ल्यांकसर, ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स, क्याटल मोनिटरिङ सिस्टम, डिजाइन एण्ड फ्याब्रिकेसन अफ इलेक्ट्रिक थ्री हिृवलर, ड्रेसन, दृश्य इपिसेन्टर होस्टिङ, इन्टर्न साथी, लोचन, ओम्निकल, प्रष्ट नेपाली, स्पिड डिटेक्सन एण्ड नम्बर प्लेट रिकग्निसन र वेयरप्लान मिरर छन् । उत्कृष्ट १४ प्रडक्टमा विधि एचआरएमएस एण्ड पेरोल सफ्टवेयर, बिस्कुन डटकम, डीजीबज, ईमेडिवेयर, फास्ट बैंकिङ, जस्टचेक, खातापाना, मनिमित्र, निजी पावर, क्विकआरपीए, सफा नेपाल, सिंगेज प्लस र यात्री पी–वान रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा

काठमाडौँ– राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा