"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईटीका दक्षजनशक्तिलाई २ लाखसम्मको तलब व्यवस्था

प्रकाशित मिति :  28 August, 2025 3:47 pm


काठमाडौँ – सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले अधिकतम २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गर्ने भएको छ। सरकारले गरेको यो निर्णयलाई प्राविधिक क्षेत्रका विज्ञ तथा सरोकारवालाले स्वदेशमै रोजगारी सिर्जना गर्ने सुखद कदमका रूपमा लिइएको छ।

सरकारका अनुसार अनलाइनमार्फत सार्वजनिक सेवा विस्तार गर्दा ढिलासुस्ती गर्ने, सेवाग्राहीसँग घुस वा कमिसन माग्ने प्रवृत्ति नियन्त्रण हुने छ। ‘यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ’, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

अहिलेसम्म प्राविधिक ज्ञान भएका युवाहरू पर्याप्त अवसर नपाएर विदेश पलायन हुने गरेको अवस्थामा सरकारले ल्याएको यो तलब व्यवस्था ‘ब्रेन ड्रेन’ रोक्ने उपायका रूपमा पनि लिइएको छ। यसले सफ्टवेयर प्रणाली विकास र सञ्चालनमा लाग्ने लागत अनुमानलाई यथार्थपरक बनाउने सरकारको दाबी छ । ‘यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ, आइटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद कदम हो’, उनले लेखेका छन्।

आइटी पढेका र दक्षता हासिल गरेका युवालाई आकर्षित गर्ने गरी ल्याइएको यो योजनाबाट स्वदेशमै रोजगारीको वातावरण बन्ने र प्राविधिक क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रलाई पनि प्रोत्साहन हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न

काठमाडौँ – सरकारले सञ्चार मन्त्रालयमा नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि