"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रकाशित मिति :  30 September, 2023 1:10 pm


काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् ।

६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन् ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधान मन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पर्यटनमन्त्री सुदन किरातीलगायतले स्वागत गरेका छन् ।

छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू