"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जल उत्पन्न प्रकोपका इन्जिनियर रानाभाटविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  4 October, 2023 5:23 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

अख्तियारले ३० असार २०४६ मा सेवा प्रवेश गरेका उनको ६ कात्तिक २०७९ सम्मको आय व्ययको विश्लेषण गरेको थियो । उनको अस्वभाविक जीवनयापन, हैसियतभन्दा बढी रकम बराबरको शेयर, जग्गा खरिद गर्नुका साथै घर बनाएको, बैंक तथा वित्तीय संस्थामा रकम राखेको पाइएको अख्तियारले बताएको छ ।

विशेष अदालत, काठमाडौंमा दायर मुद्दामा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन परेको पुष्टि भएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार