"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् बैठकले गर्‍यो १९ निर्णय

प्रकाशित मिति :  4 October, 2023 5:30 pm


काठमाडौँ । सरकारले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ खारेज गर्ने निर्णय गरेको छ भने सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्‌समक्ष पेस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले नेपाल र स्वीटजरल्यान्डबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतमा अधिकृतस्तरको कुल १७२ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कार्यक्रमहरूका लागि अधिकृतस्तरका ६ अस्थायी दरबन्दी सिर्जना गर्ने र निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद