"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिनियर अहेवविरुद्ध ९० लाख भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  6 October, 2023 6:35 pm


काठमाडौँ ।९० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेपछि अख्तियारले एक सिनियर अहेवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्याङ्जाको चापाकोट नगरकार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

०५४ कात्तिक ५ गते सार्वजनिक सेवामा नियुक्ति पाएका कोइरालाले ०७८ मंसिर २१ गतेसम्म आर्जन गरेको दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँमध्ये ९० लाख ३९ हजार ६ सय २० रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

कोइरालालाई सोहीबराबरको बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग), दफा ३ र दफा २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम जरिवाना र कैद सजाय माग गरिएको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निजले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको बैंक खातामा समेत राखेको उल्लेख गर्दै अख्तियारले गीतालाई समेत प्रतिवादी बनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार