"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिनियर अहेवविरुद्ध ९० लाख भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  6 October, 2023 6:35 pm


काठमाडौँ ।९० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेपछि अख्तियारले एक सिनियर अहेवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्याङ्जाको चापाकोट नगरकार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

०५४ कात्तिक ५ गते सार्वजनिक सेवामा नियुक्ति पाएका कोइरालाले ०७८ मंसिर २१ गतेसम्म आर्जन गरेको दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँमध्ये ९० लाख ३९ हजार ६ सय २० रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

कोइरालालाई सोहीबराबरको बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग), दफा ३ र दफा २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम जरिवाना र कैद सजाय माग गरिएको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निजले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको बैंक खातामा समेत राखेको उल्लेख गर्दै अख्तियारले गीतालाई समेत प्रतिवादी बनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक