"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षकसंगको सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक

प्रकाशित मिति :  8 October, 2023 5:30 pm


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरुका सबै जायज माग सम्बोधन गरिने बताएका छन् । विद्यालय शिक्षा विधेयक दर्ता भएपछि शिक्षकहरुको आन्दोलन भएको थियो । आन्दोलनका क्रममा सरकारले दुई वटा सम्झौता गरेको छ ।

शिक्षक महासंघ र राहत शिक्षकसँग भएको सहमति कार्यान्वयनको आधार के हो भनी सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राइले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । संसदको प्रक्रियामार्फत नै माग सम्बोधन गर्न प्रयास गर्नेगरी सहमति भएको उनको भनाइ छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘उपयुक्त र जायज मागहरुलाई जसले शिक्षालाई उन्नयन गर्न मद्दत गर्छ, शिक्षललाई सम्मानित गर्न र सही ढंगले क्रियाशल बनाउँछ त्यस सन्दर्भमा सरकार सकारात्मक रहन्न्छ ।’ संसदमा विधेयक दर्ता भएपछि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । आन्दोलन फिर्ता गराउन सरकारले शिक्षकहरूसँग असोज ५ गते ६ बुँदे सम्झौता गरेको छ ।

राहत शिक्षकले चित्त नबुझाएपछि सरकारले उनीहरूसँग असोज १२ गते अर्को सम्झौता गरेको छ । वार्ताका क्रममा ‘अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सिमाभित्र रहेर शिक्षकका सबै माग पुरा गर्ने’ भनिएको उल्लेख गर्दै उनले त्यस अनुसार अगाडि जान सरकार प्रतिवद्ध रहेको स्पष्टीकरण दिएका छन् । सरकार शिक्षा क्षेत्रमा लगानी बढाउनेमै रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको