"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षकसंगको सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक

प्रकाशित मिति :  8 October, 2023 5:30 pm


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरुका सबै जायज माग सम्बोधन गरिने बताएका छन् । विद्यालय शिक्षा विधेयक दर्ता भएपछि शिक्षकहरुको आन्दोलन भएको थियो । आन्दोलनका क्रममा सरकारले दुई वटा सम्झौता गरेको छ ।

शिक्षक महासंघ र राहत शिक्षकसँग भएको सहमति कार्यान्वयनको आधार के हो भनी सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राइले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । संसदको प्रक्रियामार्फत नै माग सम्बोधन गर्न प्रयास गर्नेगरी सहमति भएको उनको भनाइ छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘उपयुक्त र जायज मागहरुलाई जसले शिक्षालाई उन्नयन गर्न मद्दत गर्छ, शिक्षललाई सम्मानित गर्न र सही ढंगले क्रियाशल बनाउँछ त्यस सन्दर्भमा सरकार सकारात्मक रहन्न्छ ।’ संसदमा विधेयक दर्ता भएपछि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । आन्दोलन फिर्ता गराउन सरकारले शिक्षकहरूसँग असोज ५ गते ६ बुँदे सम्झौता गरेको छ ।

राहत शिक्षकले चित्त नबुझाएपछि सरकारले उनीहरूसँग असोज १२ गते अर्को सम्झौता गरेको छ । वार्ताका क्रममा ‘अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सिमाभित्र रहेर शिक्षकका सबै माग पुरा गर्ने’ भनिएको उल्लेख गर्दै उनले त्यस अनुसार अगाडि जान सरकार प्रतिवद्ध रहेको स्पष्टीकरण दिएका छन् । सरकार शिक्षा क्षेत्रमा लगानी बढाउनेमै रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय