"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालय शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुने

प्रकाशित मिति :  12 October, 2023 4:10 pm


काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि  प्रतिनिधिसभाको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बिहीबार प्रतिनिधिसभामा उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए।

उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका हुन्। विधेयकमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमतिलाई सम्बोधन हुने गरी संशोधन प्रस्ताव पेस भएका छन्। असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि बुधबार दिउँसो ४ बजेसम्म समय दिइएको थियो।

विधेयकमा संशोधनमा असोज ५ गते नेपाल शिक्षक महासंघ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने गरी प्रमुख दलका सचेतकहरूको समन्वयमा संशोधन प्रस्तुत गरिएको छ। उक्त विधेयकमा सांसदले संयुक्त र एकल रूपमा एक सय ५० भन्दा बढी संशोधन दर्ता गराएका छन्।

रकारले संसद्ंमा विधेयक दर्ता गरेपछि महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो। आन्दोलनपछि भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो। सोही बुँदा विधेयकमा संशोधनका रूपमा समावेश गरिएको हो। अब उक्त विधेयकमा  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद