"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ एसीसी प्रिमियर कप : इरानमाथि नेपालको सानदार जित

प्रकाशित मिति :  12 October, 2023 4:40 pm


काठमाडौँ । इरानमाथि नेपालले फराकिलो जित हात पारेको छ। यू-१९ एसीसी प्रिमियर कपमा नेपाल २७४ रनले जितेको हो। वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा नेपालका बलरसामु इरानका कुनै ब्याट्सम्यान टिक्न सकेनन्।

इरानका ओपनर अमिर खोरासन्द र सबिर इब्राहिशमीपोर बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्। खोरासन्दले सर्वाधिक ३७ रन र सबिर इब्राहिशमीपोर ११ रन बनाए। इरानी ब्याट्सम्यान ३० औँ ओभरमै अलआउट भए। नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए। हेमन्त धामी र आकाश चन्दले समान २ विकेट चट्काए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा समेटिदै ३५३ रनको उच्च लक्ष्य दिएको थियो। नेपालको ब्याटिङ पक्ष उल्लेखीय रह्यो। सुरुवात राम्रो नभए पनि बीचका ब्याट्सम्यानले क्रिज सम्हालेका थिए। कप्तान देव खनालले ६० बलमा शतक प्रहार गर्दै नेपाललाई उच्च लक्ष्य दिलाउन मदत गरे।

दीपकप्रसाद डुम्रेले ६९ रन बनाएको इनिङ्समा ओपनर दीपक बोहराले ६५ रन बनाए। दीपेश कँडेलले २९, हेमन्त धामीले २३ तथा सुवास भण्डारीले १८ रन बनाएका थिए। इरानका सलमान नियाजमन्द र दादरहमान रायसीले समान ३ विकेट लिए। जैद रायसी र समान शेखीले समान दुई विकेट हात पारे।

समूह एमा रहेको नेपालले अब बहराइन र साउदी अरबसँग खेल्नेछ। नेपाल प्रतियोगिताको विजेता बन्दै एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार