"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ एसीसी प्रिमियर कप : इरानमाथि नेपालको सानदार जित

प्रकाशित मिति :  12 October, 2023 4:40 pm


काठमाडौँ । इरानमाथि नेपालले फराकिलो जित हात पारेको छ। यू-१९ एसीसी प्रिमियर कपमा नेपाल २७४ रनले जितेको हो। वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा नेपालका बलरसामु इरानका कुनै ब्याट्सम्यान टिक्न सकेनन्।

इरानका ओपनर अमिर खोरासन्द र सबिर इब्राहिशमीपोर बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्। खोरासन्दले सर्वाधिक ३७ रन र सबिर इब्राहिशमीपोर ११ रन बनाए। इरानी ब्याट्सम्यान ३० औँ ओभरमै अलआउट भए। नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए। हेमन्त धामी र आकाश चन्दले समान २ विकेट चट्काए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा समेटिदै ३५३ रनको उच्च लक्ष्य दिएको थियो। नेपालको ब्याटिङ पक्ष उल्लेखीय रह्यो। सुरुवात राम्रो नभए पनि बीचका ब्याट्सम्यानले क्रिज सम्हालेका थिए। कप्तान देव खनालले ६० बलमा शतक प्रहार गर्दै नेपाललाई उच्च लक्ष्य दिलाउन मदत गरे।

दीपकप्रसाद डुम्रेले ६९ रन बनाएको इनिङ्समा ओपनर दीपक बोहराले ६५ रन बनाए। दीपेश कँडेलले २९, हेमन्त धामीले २३ तथा सुवास भण्डारीले १८ रन बनाएका थिए। इरानका सलमान नियाजमन्द र दादरहमान रायसीले समान ३ विकेट लिए। जैद रायसी र समान शेखीले समान दुई विकेट हात पारे।

समूह एमा रहेको नेपालले अब बहराइन र साउदी अरबसँग खेल्नेछ। नेपाल प्रतियोगिताको विजेता बन्दै एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको