"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दाहाल, देउवा र कोइरालाबिच गठबन्धन कमजोर हुन नदिने लिखित सहमति

प्रकाशित मिति :  14 October, 2023 1:58 pm


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको छ ।

शनिबार बिहान बसेको तीन नेताको बैठकले वर्तमान सत्ता गठबन्धन‌प्रति आफूहरू दृढ र स्पष्ट रहेको उल्लेख गरेका छन् । बैठकपछि ३ नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा भनिएको छ, ‘ हामाी वर्तमान सत्ता गठबन्धन‌प्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धन‌लाई कुनै पनि हालत‌मा कमजोर हुन दिने छैनौं ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठकले गठबन्धनमा रहने प्रतिबद्धतासहित कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनकै साथ रहने सहमति भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू