"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले हङकङलाई ६ विकेटले हरायो

प्रकाशित मिति :  19 October, 2023 2:01 pm


काठमाडौँ । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो । उसको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ मुलपानी क्रिकेट मैदानमा १९.३ ओभरमा ९४ रनमै आउट भयो ।

करण केसीले ४ विकेट लिएपछि हङकङको इनिङ्स धरमराएको थियो । उनले ४ ओभरमा १५ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सो क्रममा ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पुरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गर्ने तेस्रो खेलाडी हुन् ।

अर्का तीब्र बलर सोमपाल कामीले पनि २ विकेट लिए । उनले ३.३ ओभरमा १० रनमात्र खर्चे । कुशल मल्ल र श्याम (मौसम) ढकालले १/१ विकेट लिए । करणले खेलको पहिलो बलमै निजाकत खानलाई बोल्ड गरी विकेट लिन सुरु गरेका थिए । त्यहीबाट हङकङको संघर्ष सुरु भएको थियो । यासिम मुर्ताजाले हङकङबाट सर्वाधिक ३६ रन बनाए । उनले ३६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । दोहोरो अंकको स्कोर बनाउने अर्का खेलाडी जिशान अलीले १७ रन बनाए । उनले २० बल खेली २ चौका प्रहार गरे ।

नेपालको प्रतियोगितामा यो दोस्रो खेल हो । अघिल्लो दिन नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो । हङकङको प्रतियोगितामा यो पहिलो खेल हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत शुक्रबारको खेलमा नेपालले युएईमाथि जित दर्ता गराएको छ। वर्षाले खेल रोकिएपछि डिएलएस

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा