"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिदिवसीय टी–२० : नेपालको अपराजित यात्रा कायम, यूएई ५ विकेटले पराजित

प्रकाशित मिति :  23 October, 2023 4:43 pm


काठमाडौं । त्रिदिवसीय टी–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले यूएईलाई पाँच विकेटले हराएको हो।

फाइनल पुगिसकेको नेपालले अपराजित यात्रा कायम राखेको छ। जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि ओपनर असिफ सेखले सर्वाधिक ६२ रनको योगदान दिए। कप्तान रोहित पौडेल ४७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १४ बलमा ६ चौकर १ छक्कासहित ३९ रन जोड्दै नेपाललाई जितसम्म पुर्‍याएका हुन्।

नेपालले सुरुवाती ३ ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको थियो। त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ सेखले ९९ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए। आसिफले १६ औँ ओभरमा आउट हुनुअघि ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे।

यसअघि यूएईले नेपाललाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो। उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए। त्यस्तै आसिफ खानले १८ रन बनाएका थिए।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिएका थिए। अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध