"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले सिंगापुरमाथि ८ विकेटको जित सहित विजयी सुरुवात

प्रकाशित मिति :  30 October, 2023 2:59 pm


काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत शुक्रबारको खेलमा नेपालले युएईमाथि जित दर्ता गराएको छ। वर्षाले खेल रोकिएपछि डिएलएस

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा