"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालयको भवन निर्माणमा तीन जना दोषी ठहर

प्रकाशित मिति :  7 November, 2023 12:18 pm


काठमाडौँ । विशेष अदालतले सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण समितिका अध्यक्ष र सदस्य तथा प्रधानाध्यापकलाई अदालतले दोषी ठहर गरेको हो । 

अदालतले सोमबार सजाय निर्धारण गर्दै निर्माण समिति अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक रामवचन प्रसाद, समिति सदस्य रामचन्द्र साह कानुलाई दुई वर्ष छ महिना कैद सजाय निर्धारण गरेको छ । 

अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य शालिग्राम कोइरालाको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले प्रतिवादीलाई दुई वर्ष छ महिना कैद सजाय र मागदाबी अनुसार बिगो तथा जरिबाना भएको बताउनुभयो । 

अदालतले मागदाबी अनुसार ११ लाख ९५ हजार रुपियाँ जरिबाना र बिगो भराउन आदेश गरेको छ । भवन निर्माणका लागि पेस्की रकम लिई कुनै कार्य नगरी हानिनोक्सानी पु¥याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनाविरुद्ध विशेष अदालतमा मु्द्दा दायर गरेको थियो । 

काम सम्पन्न नगरेको र पेस्की रकमसमेत विद्यालयको खातामा दाखिला नगरेपछि अख्तियारले मुद्दा दायर गरेको थियो । पेस्की रकम लिएर निर्माण सम्पन्न नगरेको, भवन निर्माणका लागि कानुन अनुसार गर्नुपर्ने सम्झौता नगरेको भन्दै आयोगले मुद्दा दायर गरेको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार