"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक, रास्वपा र राप्रपाले पाएनन् निम्तो

प्रकाशित मिति :  7 November, 2023 5:15 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक सिंहरदबारमा बसेको छ । प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार २ बजेदेखि सुरु भएको बैठकमा हाल संसद्मा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लाई भने बोलाइएको छैन । रास्वपा संसद्को चौथो दल हो भने राप्रपा पाँचौं ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेकाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । रास्वपा र राप्रपाका नेताहरूले आफूहरूलाई बैठकका लागि निम्तो नआएको जनाएका छन् ।

बैठकमा जाजरकोटको भूकम्पले भएको क्षति, पीडितहरूको उद्धार, राहतलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला लगायतका नेताहरू सहभागी छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसाल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल सहभागी छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री तथा नेता शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ल सहभागी छन् । त्यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरू बैठकमा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू