"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नापी कार्यालय भद्रपुरका तिन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  10 November, 2023 3:56 pm


काठमाडौं । जग्गा कित्ताकाट गर्न घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापा भद्रपुरका कर्मचारी सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर, सुवाषचन्द्र यादव र बिचौलिया उमेश यादव विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जग्गा कित्ताकाटका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा उजुरी परेको थियो । अख्तियारको टोलीले उनीहरुको साथबाट ७० हजार नगद र ५५ लाख रुपैंयाको चेक बरामद गरेको हो । अख्तियारले उनीहरुमाथि एक लाख २५ हजार रुपैयाँ विगो माग दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक