"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्यालिफोर्नियामा बाइडेन र सीबिच महत्त्वपूर्ण भेटवार्ता

प्रकाशित मिति :  16 November, 2023 2:57 pm


क्यालिफोर्निया, बीबीसी । क्यालिफोर्नियाको स्यानफ्रान्सिस्कोस्थित ऐतिहासिक फिलोली इस्टेटमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच महत्त्वपूर्ण छलफल भएको छ । एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा दुई देशका प्रमुखबिच भएको यो छलफलले पछिल्ला कयौँ महिनादेखि जारी तनावलाई कम गर्ने अपेक्षा गरिएको छ ।

शिखर सम्मेलनपछि आयोजित करिब २० मिनेट लामो पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका र चीनबिच सैन्य संवाद पुनः सुचारु हुने जानकारी दिए । उनले राष्ट्रपति सीसँग सञ्चारको सीधा बाटो कायम राख्ने पनि जिकिर गरे । 

दुई देशले अमेरिकामा फेंटेनाइल उत्पादनको प्रवाहसँग जुध्ने प्रयास फेरि सुरु गरिने पनि राष्ट्रपति बाइडेनले जानकारी दिए । छलफलमा युक्रेन र पश्चिम एसियामा चलिरहेको युद्धका विषयमा पनि कुराकानी भएको उनको भनाई थियो । 

यस सम्मेलन सुरु हुनअघि बाइडेनले दुई देशबिचको प्रतिस्पर्धा संघर्षमा बदल्न नहुनेमा जोड दिएका थिए । उनले भनेका थिए, ‘म यो छलफललाई महत्त्व दिन्छु किनभने मलाई लाग्छ तपाईं र हामी बिना कुनै गलतफहमी एक अर्कालाई राम्रोसँग बुझ्न जरुरी छ ।’

गत फेब्रुअरीमा अमेरिकाले चीनको एक सन्दिग्ध बेलुनलाई खसाए पछि दुई देशबिचको सम्बन्धमा थप दरार पैदा भएको थियो । अमेरिकाले त्यो जासुसी बेलुन भएको दाबी गरेको थियो ।

सन् २०२२ को अगस्तमा अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन स्पीकर न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि दुई देशबिचको सम्बन्धमा नराम्रो असर परेको थियो । त्यस भ्रमणबाट रुष्ट चीनले अमेरिकासँग सैन्य संवाद नै बन्द गरेको थियो । 

दुई देशबिच दक्षिण चीन सागरमा सेनाको गतिविधि, इजरायल–हमास युद्ध, ताइवान, युक्रेन युद्ध र अमेरिकी चुनावमा चीनको कथित हस्तक्षेप जस्ता कयौँ मुद्दामा गहिरो मतभेद रहेको छ ।

  • बीबीसी



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्