"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जाजरकोट भूकम्प प्रभावितहरूका लागि कोषमा कस्ले गरे कति सहयोग

प्रकाशित मिति :  16 November, 2023 3:40 pm


काठमाडौँ । जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि राहत र पुनर्स्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग जम्मा गर्न आग्रह गरेको थियो। सरकारले एकद्वार प्रणालीमार्फत् राहत उपलब्ध गराउने भन्दै प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गर्न आग्रह गरेको हो।

कोषमा शुक्रबारसम्म १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ ४४ पैसा जम्मा हुन आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ। कोषमा राष्ट्रिय वाणिज्य बैंकले १ करोड, बुद्ध एयरले १ करोड, भाटभटेनी डिपार्टमेन्टल स्टोरका  सञ्चालक मीनबहादुर गुरूङले १ करोड ११ लाख ११ हजार १११, सत्तारूढ दल नेपाली कांग्रेसले ५०  लाख, मुक्तिनाथ दर्शन प्रालिले ५ लाख रूपैयाँ जम्मा गरेका छन्।

त्यस्तै, ग्लोबल आइएमई बैंकले एक करोड, क्यान सेन्ट्रल पेमेन्ट रिलिजकातर्फबाट १ करोड, सूर्या नेपाल प्रालिले १ करोड, गोर्खा ब्रुअरीले १ करोड रूपैयाँ जम्मा गरेका छन्। कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट, बारेकोट-१ रामीडाँडा केन्द्र गरी गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५४ जनाको ज्यान गएको थियो। तीन सयभन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण साढे २६ हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। ३५ हजार घरमा आंशिक क्षति भएको छ। 

जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेको छ। सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड र त्यसमा १ अर्ब ७५ करोड रूपैयाँ थपेर १० अर्ब विपद् व्यवस्थाप कोषमा सार्ने निर्णय गरेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू