"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृह मन्त्रालय सुधार कार्ययोजना अध्ययन समिति गठन

प्रकाशित मिति :  20 November, 2023 3:36 pm


काठमाडौं । गृह मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउन गर्नुपर्ने उपाय तथा कार्ययोजना तयार गर्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

समितिमा पूर्वसहित शरदचन्द्र पौड्याल, शंकर प्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खङ्ग केसी छन् । यसैगरी पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम पनि अध्ययन समितिमा छन् । सदस्य सचिवको जिम्मेवारी नीति योजना महाशाखा सहसचिवलाई दिइएको छ ।

आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरु सबैले स्वयंसेवकको रुपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताए ।

मन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुझाव दिने छ। त्यसमा परिणाम देखिने गरी कानुनी, नीतिगत, संरचनागत, कार्यशैलीगत र प्रवृत्तिगत सुधार गर्नुपर्ने भए त्यसमा समितिले सुझाव दिने मन्त्री श्रेष्ठको भनाइ छ ।

गृह मन्त्रालय गरेका कामको सकारात्मक प्रभाव परे पनि चाहेजस्तो अझै गर्न नसकेको अनुभूति भएको भन्दै मन्त्री श्रेष्ठले अध्ययन समितिको सुझावलाई कार्यान्वयन गर्ने बताए । ‘गृह मन्त्रालयका सम्पूर्ण कामहरुलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध छौं,’ उनले भने ।

अध्ययन समिति संयोजक पौडेलले आजैदेखि काम सुरु गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू