"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थतन्त्र चलायमान बनाउन सरकारले थाल्यो निजि क्षेत्रसंग छलफल

प्रकाशित मिति :  21 November, 2023 12:00 pm


काठमाडौँ । लामो समयदेखि शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले छलफल थालेको छ । मुलुकका बाह्य सूचक बलिया हुँदै आएको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेकोलगायत सकारात्मक पक्ष रहे पनि आन्तरिक आर्थिक गतिविधि बढ्न नसकेकाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले छलफल थालेको हो । 

सोही क्रममा सरकारले मंगलबार दिउँसो दुई बजे सिंहदरबारमा निजी क्षेत्रसँग छलफल गर्ने भएको छ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल गर्न लागेको अर्थमन्त्री प्रकाशशरण महतले पुष्टि गरे ।

देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा राष्ट्र बैंक, अर्थ मन्त्रालय, योजना आयोगलगायत विभिन्न मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो । छलफलमा प्रधानमन्त्रीको निर्देशनअनुसार अर्थमन्त्री महतले वर्तमान देशको अर्थतन्त्रबारे ब्रिफिङ गरेका थिए । त्यसपछि राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आआफ्नो क्षेत्रको ब्रिफिङ गरेको स्रोतले बताएको छ ।

जनताका सरोकारका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा अन्तर्क्रिया पनि भएको बताइएको छ । यसअघि निजी क्षेत्रले अर्थतन्त्रका समस्या समाधानका लागि प्रधानमन्त्री अध्यक्ष रहने गरी उच्चस्तरीय सुधार आयोग वा अन्य कुनै संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू