"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आजको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

प्रकाशित मिति :  23 November, 2023 12:06 pm


काठमाडौँ। सरकारले स्वीजरल्यान्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रका लागि दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकृत गर्नेलगायतको निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै आजको बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कन्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ। सुन तस्करको जाँचबुझ आयोगको माग अनुसार चार जना प्राविधिकसहितका जनशक्ति थप गर्न पनि आजको बैठकले स्वीकृत गरेको छ। त्यस्तै ऊर्जासचिव दिनेशकुमार घिमिरेले पदावधी सकिनुभन्दा एक महिना अगाडि दिएको राजीनामा पनि स्वीकृत भएको छ।

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा कात्तिक २४ गतेबाट नै लागू हुने गरी आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू