"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गणतन्त्रविरुद्ध भ्रम फैलाएर अराजकता सिर्जना गर्न खोजियो : प्रधानमन्त्री

प्रकाशित मिति :  27 November, 2023 3:57 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताएका छन् । उनले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको स्पष्ट पारेका छन् । 

छैठौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सोमबार उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख राज्यव्यवस्थाविरुद्ध भ्रम फैलाउने र अराजकता फैलाउने प्रयास भएका छन् । इतिहासको चक्कालाई पछाडि धकेल्ने कोसिस देखिएका छन् । तथ्य के हो भने इतिहास अग्रगमनतिरै अगाडि बढ्छ, पछाडि फर्किँदैन ।’

मुलुकलाई गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘यो परिवर्तनकावाहक दल, नेता, संघसंस्था, बुद्धिजिवी, नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रका व्यक्तित्व रहेसम्म इतिहास पछाडि फर्किन्न, अगाडि नै बढ्छ ।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि सरकारले पहल लिइराखेको पनि बताए । उनले अर्थतन्त्रमा देखिएका तमाम समस्या हल गर्न राजनीतिक दल, अर्थविद्, निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर छलफल गरिएको बताए । उनले थपे, ‘लघुवित्त, सहकारी, बैंक ब्याजसँग सम्बन्धित अन्य तमाम समस्याहरू सहजीकरण गर्दै अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु । हिजो मात्रै सुकुम्बासी, स्वबासी र अव्यवस्स्थित बसोबासको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाउन सर्कुलर गरेको छु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू