"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रहरी समायोजनबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण

प्रकाशित मिति :  28 November, 2023 3:22 pm


काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै प्रदेश सरकारका गृहमन्त्रीहरू काठमाडौंमा जम्मा भएका छन् । संघीय सरकारले संविधानले व्यवस्था गरेका अधिकार प्रत्यायोजन नगरेको विरोधमा उत्रिएका प्रदेश सरकारका गृहमन्त्रीहरूले मंगलबार प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराउन लागेका हुन् ।

मधेश प्रदेश सरकारका गृहमन्त्री मोहम्मद समीमले प्रहरी समायोजनका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन आफूहरू काठमाडौंमा जम्मा भएको बताए । ‘प्रदेश सरकारका गृहमन्त्रीहरू आफैं आउनुभएको छ, गृहमन्त्री नभए सरकारका प्रतिनिधिहरू आउनुभएको छ,’ उनले भने, ‘सातै प्रदेश सरकारको सहभागितामा हामी प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनका विषयमा ज्ञापनपत्र बुझाउँदैछौँ ।’

उनका अनुसार मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र ३ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ । मुलुक तीन तहको संघीय संरचनामा वर्गीकरण भएको झण्डै एक दशक पुग्न लाग्दा पनि प्रदेश प्रहरी गठन हुन सकेको छैन । प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरुको गुनासो छ ।

प्रदेश प्रहरी नहुँदा शान्ति सुरक्षा मजबुत पार्न नसकिएको जिकिर गर्दै संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गरेको मधेश सरकारले २ पटक सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ । यसअघि २३ कात्तिकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै एक महिनाभित्र संविधानबमोजिम अधिकार प्रत्यायोजन नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू