"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्व बैंकको सर्वेक्षण : ५६ प्रतिशत साना उद्यमीले पाउँछन् बैंकबाट कर्जा

प्रकाशित मिति :  28 November, 2023 4:19 pm


काठमाडौं । बैंकिङ कारोबार गर्ने ९८ प्रतिशत साना उद्यमी तथा व्यवसायीमध्ये ५६ प्रतिशतले मात्रै बैंकिङ प्रणालीबाट कर्जा पाउने गरेको देखिएको छ।विश्व बैंकले गरेको एक सर्वेक्षण अनुसार नेपालमा रहेका ठूला उद्यमी व्यवसायीको तुलनामा कर्जामा सानाको पहुँच न्यून रहेको देखिएको छ।

विश्व बैंकले सार्वजनिक गरेको ‘इन्टरप्राइजेज सर्वेक्षण’ अनुसार ९८ प्रतिशत साना उद्यमीहरूको बैंकमा निक्षेप खाता वा चल्ती खाता (चेकिङ एकाउन्ट) हुने गरेको छ। तर, कर्जा खाता हुनेको संख्या भने मात्रै ५६ प्रतिशत छ।

शतप्रतिशत ठूला उद्यमी वा व्यवसायीको बैंकमा निक्षेप वा चल्ती खाता हुने गरेको छ। यसमध्ये ९८ प्रतिशतले बैंकबाट ऋण पाएका छन्। शतप्रतिशत मध्यम उद्यमी तथा व्यवसायीको बैंकमा निक्षेप वा चल्ती खाता हुने गरेको भए पनि ६५ प्रतिशतसँग मात्रै ऋण खाता रहेको देखिएको छ।

‘प्रभावकारी वित्तीय बजारले कर्जा दिन लायक (क्रेडिट वर्दी) लगानीकर्ता र ऋणीहरूको आन्तरिक स्रोत वा परिवार, साथीभाई जस्ता अनौपचारिक स्रोतहरूमा रहेको पुँजी निर्भरतालाई घटाउँछ,’ सर्वेक्षणमा भनिएको छ।

कर्जामा साना उद्यम तथा व्यवसायको पहुँच कम देखिए पनि नेपालमा अन्य मुलुकको तुलनामा लगानीको लागि बैंकिङ स्रोतको उपलब्धता राम्रै रहेको देखिएको छ।

सर्वेक्षण अनुसार दक्षिण एशियाका १३ प्रतिशत यस्ता उद्यम तथा व्यवसायले बैंकबाट कर्जा लिइरहँदा नेपालका भने २१ प्रतिशतले कर्जा लिएका छन्। न्यून आय भएका मुलुकहरूका पनि १३ प्रतिशतले आवश्यक पुँजीको लागि बैंकबाट कर्जा पाइरहेका छन्।

नेपालका ७१ प्रतिशत उद्यम तथा व्यवसायले भने आफ्नै पुँजीबाट लगानी गरेका वा नाफाबाट आउने स्रोतलगायतबाट लगानी बढाएका छन्। अन्यले भने विविध स्रोतबाट पुँजी पाइरहेका छन्।  

सर्वेक्षणमा ५ देखि ९ जनालाई रोजगारी प्रदान गरेका उद्योग व्यवसायलाई साना, २० देखि ९९ जनालाई रोजगारी दिएकालाई मध्यम र एक सय जनाभन्दा माथिलाई रोजगारी दिएकालाई ठूला भनेर वर्गीकरण गरिएको छ। 

सर्वेक्षणमा ३०१ (५१ प्रतिशत) वटा साना उद्यम तथा व्यवसायको सहभागिता थियो। एक सय ८९ मध्यम र ९२ ठूला उद्यम वा व्यवसायको सहभागिता थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा