"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पछिल्लो ९ महिनामा १० लाख पर्यटक नेपाल आगमन

प्रकाशित मिति :  2 December, 2025 11:06 am


काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ पर्यटकलाई नेपालले स्वागत गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनबाट पर्यटकको आगमन निरन्तर घट्दै गएको देखिन्छ । अन्य क्षेत्रबाट भने पर्यटक आगमनमा सुधार हुँदा गत वर्षको यसै अवधिको तुलनामा बढेको बोर्डको तथ्यांक छ ।

तथ्यांक अनुसार सन् २०२४ को ११ महिनामा पर्यटक आगमन १० लाख ५५ हजार ५२० रहेको थियो । पर्यटक आगमन सन् २०२५ मा ०.४ प्रतिशतले मात्र बढेको छ ।

भारतीय पर्यटकको आगमन निरन्तर घट्दा सार्क मुलुकबाट हुने आगमनमा ३.९ प्रतिशतको गिरावट आएको छ । ११ महिनामा सार्क क्षेत्रबाट ३ लाख ६८ हजार ३८१ पर्यटक नेपाल आएका छन् । गत वर्ष सन् २०२४ को यसै अवधिमा ३ लाख ८३ हजार ४६६ पर्यटक यस क्षेत्रबाट आएका थिए ।

अन्य एसियाली मुलुकबाट ११ महिनामा २ लाख २५ हजार पर्यटक भित्रिएका छन् । जुन सन् २०२४ को तुलनामा ०.२ प्रतिशत माथि हो । अष्ट्रेलिया/न्यूजिल्याण्डबाट ४८ हजार ४३० जना पर्यटक आएका छन् । जुन अघिल्लो वर्षका तुलनामा १२.६ प्रतिशतको सुधार हो । अमेरिकी पर्यटक १ लाख २७ हजार १३७ आएका छन् । जुन १.१ प्रतिशतको सुधार हो ।

मध्यपूर्वी क्षेत्रबाट १९ हजार ५७५ पर्यटक आएका छन् । यो २३.८ प्रतिशतको सुधार हो । अफ्रिकाबाट ३ हजार ८९१ जना पर्यटक नेपाल आएका छन् । यो ४.९ प्रतिशतको गिरावट हो । अन्य क्षेत्रबाट ५७ हजार ७८३ पर्यटक आएको बोर्डले जनाएको छ । जुन ४.४ प्रतिशतको सुधार हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो