"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पछिल्लो ९ महिनामा १० लाख पर्यटक नेपाल आगमन

प्रकाशित मिति :  2 December, 2025 11:06 am


काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ पर्यटकलाई नेपालले स्वागत गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनबाट पर्यटकको आगमन निरन्तर घट्दै गएको देखिन्छ । अन्य क्षेत्रबाट भने पर्यटक आगमनमा सुधार हुँदा गत वर्षको यसै अवधिको तुलनामा बढेको बोर्डको तथ्यांक छ ।

तथ्यांक अनुसार सन् २०२४ को ११ महिनामा पर्यटक आगमन १० लाख ५५ हजार ५२० रहेको थियो । पर्यटक आगमन सन् २०२५ मा ०.४ प्रतिशतले मात्र बढेको छ ।

भारतीय पर्यटकको आगमन निरन्तर घट्दा सार्क मुलुकबाट हुने आगमनमा ३.९ प्रतिशतको गिरावट आएको छ । ११ महिनामा सार्क क्षेत्रबाट ३ लाख ६८ हजार ३८१ पर्यटक नेपाल आएका छन् । गत वर्ष सन् २०२४ को यसै अवधिमा ३ लाख ८३ हजार ४६६ पर्यटक यस क्षेत्रबाट आएका थिए ।

अन्य एसियाली मुलुकबाट ११ महिनामा २ लाख २५ हजार पर्यटक भित्रिएका छन् । जुन सन् २०२४ को तुलनामा ०.२ प्रतिशत माथि हो । अष्ट्रेलिया/न्यूजिल्याण्डबाट ४८ हजार ४३० जना पर्यटक आएका छन् । जुन अघिल्लो वर्षका तुलनामा १२.६ प्रतिशतको सुधार हो । अमेरिकी पर्यटक १ लाख २७ हजार १३७ आएका छन् । जुन १.१ प्रतिशतको सुधार हो ।

मध्यपूर्वी क्षेत्रबाट १९ हजार ५७५ पर्यटक आएका छन् । यो २३.८ प्रतिशतको सुधार हो । अफ्रिकाबाट ३ हजार ८९१ जना पर्यटक नेपाल आएका छन् । यो ४.९ प्रतिशतको गिरावट हो । अन्य क्षेत्रबाट ५७ हजार ७८३ पर्यटक आएको बोर्डले जनाएको छ । जुन ४.४ प्रतिशतको सुधार हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो