"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोप २८ मा जलवायु परिर्वतनका मुद्दा जोडदारसँग राखेको छुँ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  4 December, 2023 12:30 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप–२८ बाट आफू सन्तुष्ट रहेको बताएका छन् । नेपालले पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै आफ्नो मुद्दा जोडदारसँग राखेको भन्दै उनले राम्रै आर्थिक सहयोग आउने दाबी गरे ।

दुबईमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘म सन्तुष्ट छु, जस्तो होस् भनेको हो, त्यस्तै भयो ।’

सम्मेलनभन्दा अगाडि राष्ट्रसंघका महासचिवले गरेको नेपाल भ्रमणको विश्वव्यापी प्रभाव परेको पनि उनले बताए । ‘मेरो अध्यक्षतामा जुन राउण्ड टेबल भयो, सबैले नेपालको प्रशंसा गर्नुपर्ने भयो’ उनले भने, ‘मूल स्टेटमेन्ट पनि यो पटक हामी माग्न आए जसरी निरीह भएर प्रस्तुत हुने होइन । अधिकारको निम्ति योद्धा जसरी प्रस्तुत हुने भनेको थिएँ, त्यस्तै भयो ।’

नेपालले पर्वतीय मुलुकको नेतृत्व गरेको र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि नेपाललाई प्राथमिकतामा राखेकाले आर्थिक सहयोग आउनेमा ढुक्क रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सम्मेलनबाट आफू सन्तुष्ट रहेको भन्दै उनले भने, ‘पोलिसी लेभलमा हाम्रो बलियो उपस्थिति भयो । अब नेपाललाई माइनस गर्न सक्दैन ।’

जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिका लागि आउने आर्थिक तथा प्राविधिक सहायता पहिला भन्दा बढ्ने उनले दाबी गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘क्षतिपूर्ति कति, के भन्ने चाहिं अब बल्ल छलफल हुन्छ ।’

जलवायु परिवर्तनले पारेको असरको विषय पहिलेभन्दा गम्भीर ढंगले उठाएको, विकसित देशहरुले पनि त्यसअनुसार नै प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले सुनाए । राष्ट्रसंघका महासचिवले पनि अन्तिम मौका हो भनेको भन्दै उनले भने, ‘सहभागी सबैको यो सम्मेलन प्रभावकारी, परिणममुखी हुन्छ भन्ने धारणा पाएँ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। उनले सरकारले सिफारिस गरेका ६ मध्ये एक सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा