"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनसेल खरिद-बिक्री छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन

प्रकाशित मिति :  7 December, 2023 12:11 pm


काठमाडौँ । सरकारले एनसेलको सेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ। ​आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्। समितिलाई उक्त प्रकरण अध्ययन गरी प्रतिवेदन पेस गर्न ३० दिनको कार्यादेश दिइएको छ।

यस्तै बैठकले नेपाली सेनाको रथीमा अशोकराज सिग्देललाई बढुवा गरेको छ। यस अगाडि सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी बनाउन सिफारिस भएपछि उमेरको विवादमा परेका थिए।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू