"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी कूटनीतिज्ञ लाउबाचरबीच भेटवार्ता

प्रकाशित मिति :  7 December, 2023 12:52 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् ।

भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी बुधबार काठमाडौं आएकी थिइन् । काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।

लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा पनि काम गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले