"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी कूटनीतिज्ञ लाउबाचरबीच भेटवार्ता

प्रकाशित मिति :  7 December, 2023 12:52 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् ।

भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी बुधबार काठमाडौं आएकी थिइन् । काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।

लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा पनि काम गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको