"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

प्रकाशित मिति :  8 December, 2023 11:50 am


काठमाडौँ ।  निर्वाचन आयोगले आगामी माघ ११ गते तय गरिएकाे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ। आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ। निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ।

आयोगले जारी गरेको सूचनाअनुसार पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ। पुस १६ गते निर्वाचनका लागि सातवटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ।

आगामी फागुन २० गतेबाट नेपाली कांग्रेसका ४, नेकपा एमालेका ९, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टी (जसपा) का १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू