"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपिन जोशीलाई छुटाउन कतारलाई नेपालको आग्रह

प्रकाशित मिति :  11 December, 2023 11:37 am


काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद दोहा फोरममा सहभागी भई आइतबार स्वदेश फर्किएका छन्। २१ औं  दोहा फोरममा सहभागी हुन मन्त्री साउद शनिबार कतार पुगेका थिए। कतारका राजा शेख तमिम बिन हमद अल थानी उपस्थित फोरममा विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रतिनिधि गरी ३८ जना सहभागी थिए।

त्यहाँ परराष्ट्रमन्त्री साउदले कतारका सहायक विदेशमन्त्री र विभिन्न देशका प्रतिनिधिहरुसँग साइडलाइन छलफल गरेका थिए। कतार भ्रमणका क्रममा मन्त्री साउदले मुख्यतः तीन कुरा उठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ; विपिन जोशीलाई बन्धकमुक्त गर्न पहल गर्नेबारे, आपसी हित र द्विदेशीय सम्बन्धबारे र विकासनिर्माणमा सहकार्यबारे।

अक्टोबर ७ मा प्यालेस्टाइनको अतिवादी समूह हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट इसराइलसहित २६ देशका २३९ जनालाई बन्दी बनाएर गजा पुर्‍याएको थियो। बन्दी बनाइएकाहरूमा नेपालका विपिन जोशी पनि छन्। नेपालले उनलाई बन्धकमुक्त गर्न कतार सरकारमार्फत लगातार प्रयास गरेपनि विपिन बन्धकमुक्त भएका छैनन्। गजा क्षेत्रमा लामो समयदेखि सरकार चलाइरहेको हमासलाई कतार सरकारले धेरै अघिदेखि आर्थिक र राजनीतिक सहयोग गर्दै आइरहेको छ।

हमासले बन्दी बनाएकाहरूलाई बन्धकमुक्त गर्ने प्रक्रियामा कतारले सुरू देखिनै भूमिका खेलेको छ। आफ्ना नागरिकलाई बन्धकमुक्त गर्न अमेरिकाले समेत कतारमार्फत नै प्रयास अगाडि बढाएको छ। दोहा फोरममा कतारका सहायक विदेशमन्त्री मोहम्मद बिन अबदुल्लाजिज् बिन सलेह अल खुलैफीसँग परराष्ट्रमन्त्री साउदले भेटवार्ता गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटमा मन्त्री साउदले विपिन जोशीलाई हमासको बन्धकबाट छुटाउन पहल गरिदिन आग्रह गरेका थिए। सहायक विदेशमन्त्री खुलैफीले कतार सरकारले जोशीलाई बन्धकमुक्त गर्न सुरूवातदेखि नै  प्रयास गरिरहेको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विपिन जोशीको विषय प्राथमिकताका साथ निरन्तर अगाडि बढाइरहेको सहायक विदेशन्त्रीले बताएको परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फोरममा मन्त्री साउदले  बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग पनि भेटवार्ता गरेका थिए। भेटमा  द्विपक्षीय सम्बन्ध र आपसी हितबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   विशेषगरी जलविद्युत र पर्यटनको विकासमा दुई देशको हितमा द्विपक्षीय सहयोगका विषयमा मन्त्री साउद र बंगलादेशका विदेशमन्त्री मोमेनसँग छलफल भएको छ।

फोरमकै साइडलाइन छलफलमा कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जशिम अल थानीले पनि मन्त्री साउदसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपालमा व्यापार, लगानी र पर्टकीय सम्भावनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार