"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गौतमको राजीनामा स्वीकृत संसद्‌को महासचिवमा पाण्डेको नाम सिफारिस

प्रकाशित मिति :  11 December, 2023 12:26 pm


काठमाडौँ । संघीय संसद्‌को महासचिव पदका लागि संसद् सचिवालयकै सचिव पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ। महासचिव भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएसँगै पाण्डे सिफारिस भएका हुन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका हुन्।

गौतमले आइतबार राजीनामा दिएका थिए। उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरिसकेको जनाएको छ।  संसद्को महासचिव सभामुख र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद