"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रातदिन सरकार ढाल्ने कसरत भइरहेको छ : प्रधानमन्त्री

प्रकाशित मिति :  11 December, 2023 5:18 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न रातदिन कसरत भइरहेको बताएका छन्। तर अहिलेको गठबन्धनको सरकार पूरा अवधि चल्ने उनले बताए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने र अर्को बनाउने एकथरिको खेल, कसरत भइरहेको छ।’

उनले अहिलेको गठबन्धन सरकार नै पूरै अवधि चल्नेसमेत बताए। ‘गठबन्धन पूरै अवधि जान्छ। अब एक वर्षको समीक्षा गर्ने र अर्को वर्षका लागि नयाँ रणनीति सोच्ने बेला आएको छ।’ प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने पनि बताए । प्रचण्ड गत वर्ष १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध जुनसुकै

काठमाडौँ — परराष्ट्र मन्त्रालय समेतको जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, गतिशील,