"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रातदिन सरकार ढाल्ने कसरत भइरहेको छ : प्रधानमन्त्री

प्रकाशित मिति :  11 December, 2023 5:18 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न रातदिन कसरत भइरहेको बताएका छन्। तर अहिलेको गठबन्धनको सरकार पूरा अवधि चल्ने उनले बताए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने र अर्को बनाउने एकथरिको खेल, कसरत भइरहेको छ।’

उनले अहिलेको गठबन्धन सरकार नै पूरै अवधि चल्नेसमेत बताए। ‘गठबन्धन पूरै अवधि जान्छ। अब एक वर्षको समीक्षा गर्ने र अर्को वर्षका लागि नयाँ रणनीति सोच्ने बेला आएको छ।’ प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने पनि बताए । प्रचण्ड गत वर्ष १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू