"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनसेलविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

प्रकाशित मिति :  12 December, 2023 12:30 pm


काठमाडौँ । निजी क्षेत्रको ठूलो दूरसञ्चार कम्पनी एनसेलविरुद्ध प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ।

दुई दिनसम्म ‘हेर्न नभ्याइने’ मा परेको उक्त रिटमा सुनुवाइ हुने भएको हो। गत शुक्रबार सांसद सिंहले सर्वोच्चमा रिट दायर गरेका थिए।आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा पेसी ताेकिएको थियो। दुवै दिन ‘हेर्न नभ्याइने’ मा परेपछि सिंहको रिटको पेसी आजका तोकिएको थियो।

सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्नुले भ्रष्टाचारको संकेत गरेको दाबी गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी