"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनसेलविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

प्रकाशित मिति :  12 December, 2023 12:30 pm


काठमाडौँ । निजी क्षेत्रको ठूलो दूरसञ्चार कम्पनी एनसेलविरुद्ध प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ।

दुई दिनसम्म ‘हेर्न नभ्याइने’ मा परेको उक्त रिटमा सुनुवाइ हुने भएको हो। गत शुक्रबार सांसद सिंहले सर्वोच्चमा रिट दायर गरेका थिए।आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा पेसी ताेकिएको थियो। दुवै दिन ‘हेर्न नभ्याइने’ मा परेपछि सिंहको रिटको पेसी आजका तोकिएको थियो।

सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्नुले भ्रष्टाचारको संकेत गरेको दाबी गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद