"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘नेपालमा अवसर छैन भन्ने भाष्यले नेपाली युवाले विदेशमा हण्डर खाइरहेका छन्’

प्रकाशित मिति :  13 December, 2023 5:46 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण भएको र त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हण्डर खाइरहेको बताएका छन्। बुधबार काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अवसर भएको दाबी गरे।

नेपालमा अवसर छैन भन्नेहरूप्रति लक्षित गर्दै उनले भने, ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ।’

प्रधानमन्त्रीले अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर आएको भन्दै त्यो चिन्ताजनक भएको बताए। तिनलाई सकुशल फिर्ता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल