"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘नेपालमा अवसर छैन भन्ने भाष्यले नेपाली युवाले विदेशमा हण्डर खाइरहेका छन्’

प्रकाशित मिति :  13 December, 2023 5:46 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण भएको र त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हण्डर खाइरहेको बताएका छन्। बुधबार काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अवसर भएको दाबी गरे।

नेपालमा अवसर छैन भन्नेहरूप्रति लक्षित गर्दै उनले भने, ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ।’

प्रधानमन्त्रीले अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर आएको भन्दै त्यो चिन्ताजनक भएको बताए। तिनलाई सकुशल फिर्ता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू