"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख घिमिरे

प्रकाशित मिति :  14 December, 2023 12:03 pm


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ । 

सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ, “स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित छ ।” संसद् सेवाको स्वायत्तताबारे खासगरी कर्मचारी वृत्तमा नै बहस हुने गरेकाबारे आफु जानकार भएको र अलग्गै सेवा सोचविचार गरेर नै गठन गरेको उनले उल्लेख गरे। 

संसद्को महत्वपूर्ण काम सरकारको काम कारबाहीमाथि निगरानी गर्नु रहेको उल्लेख गर्दै सभामुख घिमिरेले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्य सम्पादन गर्न, संसदीय क्षमता र सामथ्र्य विकास गर्न संसद् सेवालाई अलग गरिएको शुभकामना सन्देशमा उल्लेख गरे । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो ।

सभामुख घिमिरेले दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयका कर्मचारीलगायत संसद्सँग सम्बद्ध सरोकारवालामा हार्दिक शुभकामना व्यक्त गरे । विसं २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी