"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महानगरका कामले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा थपेको छ : प्रधानमन्त्री

प्रकाशित मिति :  15 December, 2023 12:26 pm


काठमाडौँ, २९ मङ्सिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौ महानगरपालिकाको २९ औँ महानगर दिवस २०८० को अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर रत्न श्रेष्ठ रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाले गरेको सकारात्मक कामबाट संघीय सरकारलाई पनि उत्प्रेरणा मिलेको बताएका छन्। २९ औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताएका हुन्।

‘शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ,’ उनले भने।

उनले सकारात्मक कार्यमा अविचलित भई अगाडि बढ्नका लागि महानगरको नेतृत्व र टिमलाई अपिलसमेत गरे। प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरलाई ऐतिहासिक सहरका रूपमा स्थापित गर्न सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति आफू तत्पर रहेको पनि बताएका छन्। काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरूमध्येको एक सांस्कृतिक शहर भएकाले काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार रहेको र रहनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तिय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाएर स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोतसाधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू