"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुवेतका अमिरको निधनमा आज नेपालमा शोक मनाइँदै

प्रकाशित मिति :  18 December, 2023 11:42 am


काठमाडौँ । कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधन भएकोमा नेपाल सरकारले पनि शोक मनाउने निर्णय गरेको छ । सरकारले स्वर्गीय अमिरको निधनमा कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति समवेदना व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको हो ।

कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने गृह मन्त्रालयले जनाएको छ। आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ। अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो । उनको सम्मान सरकारले सोमबार शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अमिर शेखको निधनमा शोक मनाउने निर्णय गरेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू