"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड अब नयाँ ढंगले अघि बढ्ने

प्रकाशित मिति :  19 December, 2023 11:41 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेका छन् ।

राजधानी बाहिर जानुपरेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेकोबाहेक अबदेखि हरेक दिन १० बजे नै कार्यालय पुगेर काम गर्ने योजना रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । ‘त्यो योजना अनुसार आज बिहान १० बजे नै उहाँ कार्यालयमा आइसक्नु भएको छ,’ शर्माले भने ।

सरकारका काम जनताको अपेक्षा अनुसार हुन नसकेको भनेर आत्मसमीक्षा गरेका प्रधानमन्त्री प्रचण्डले अबदेखि नयाँ ढंगले काम गर्ने घोषणा गरेका थिए । ललितपुर महानगरपालिकाको १०५ औं वार्षिक उत्सव समारोहलाई सोमबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अब नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार मुख्य सचिव र सचिवहरुलाई आफू मंगलबारदेखि १० बजे नै कार्यालय आउने जानकारी गराउँदै अन्य कर्मचारीहरुलाई पनि समयमै कार्यालयमा उपस्थित भएर कामकाज गराउन भनेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै कार्यालयमा आएको बताए । ‘उहाँ कार्यभार सम्हालेदेखि नै भ्याली बाहिर जाँदा बाहेक प्राय हरेक दिन चाँडै नै कार्यालयमा आउनुहुन्थ्यो, आज त १० बजे नै आउनु भएको छ,’ प्रवक्ता भट्टले भने, ‘अबदेखि सधैं १० बजे नै कार्यालय आउने भन्ने सुनेको छु ।’

अन्य दिनहरुमा भने प्रधानमन्त्री प्रचण्ड विभिन्न भेटघाट र कार्यक्रममा बालुवाटारस्थित निवासमा व्यस्त हुँदा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुग्ने समय निश्चित हुने गरेको थिएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू