"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतमा एक सातामा विपक्ष दलका ९२ जना सांसद निलम्बनमा

प्रकाशित मिति :  19 December, 2023 12:01 pm


ऐजेन्सी । भारतमा एक साताको अवधिमा ९२ जना सांसद निलम्बनमा परेका छन्। गत डिसेम्बर १४ र सोमबार गरी जम्मा ९२ जना सांसद निलम्बित भएका भारतीय सञ्चारमाध्यम स्क्रोल इनले लेखेको छ।

‘पटक–पटक संसदको कार्यवाही अवरूद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई निलम्बन गरिएको छ। जसमा भारतीय संसदको तल्लो सदन लोक सभाका ३३ जना र माथिल्लो सदन राज्य सभाका ४५ जना सांसद छन्।

त्यस्तै यसअघि लोक सभाका १३ र राज्य सभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बन गरिएको थियो। यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ।

गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोक सभा प्रवेश गरी संघीय सरकारविरूद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि सुरक्षा उल्लंघनको विषय उठाउँदै संसद पटकपटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लंघनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन्।

सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लंघनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए। निलम्बनपछि लोक सभाको नियमित काम-कारबाही दिनभरका लागि स्थगित गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन