"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पछिल्लो आर्थिक बर्षमा निगमको आम्दानी ८० प्रतिशतले वृद्धि

प्रकाशित मिति :  20 December, 2023 12:56 pm


काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आम्दानीमा उल्लेखनीय सुधार आएको जनाएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आर्थिक वर्ष २०७९–८० मा निगमको आम्दानी २२ अर्ब २४ करोड रूपैयाँको पुगेको छ। नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड हेन्डलिङ सेवा प्रतिस्पर्धाबाट दिने तयारी गरेपछि अहिले निगमको आम्दानीको विषयमा चासो व्यक्त भएको छ।

यसै सन्दर्भमा निगमले जारी गरेको विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा निगमको आम्दानी पाँच अर्ब ७८ करोड अर्थात् ३५ प्रतिशत बढेको छ। निगमले यस आर्थिक वर्षमा १६ अर्ब ४६ करोड रूपैयाँ आम्दानी गरेको थियो। आर्थिक २०७८/७९ मा भने निगमको यस्तो आम्दानी ८० प्रतिशतले बढेको थियो।

महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा नौ अर्ब १० करोड रूपैयाँ आम्दानी भएको थियो। सञ्चालन नाफा घाटाको विषयमा भने निगमले अहिले खुलाएको छैन। निगमले जारी गरेको विज्ञप्तिमा आम्दानी दोब्बरभन्दा बढी वृद्धि भएको उल्लेख गरिएको छ।  आर्थिक वर्ष २०७७/७८ सँग तुलनामा गर्दा भने निगमको आम्दानी १४४ प्रतिशतले बढेको छ। आम्दानी बढ्नुको कारण भने नयाँ व्यवस्थापन भएको दाबी गरिएको छ।

‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि उपलब्ध भएको जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको हो,’ निगमद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको छ।’ 

निगमले बजारको माग सम्बोधन गर्न र प्रतिस्पर्धा बढाउनको लागि जहाजको कमी भएको बताएको छ। यसको पूर्तिको लागि नयाँ जहाज खरिदको कार्य अघि बढेकोले आगामी दिनमा आम्दानी बढ्ने उल्लेख गरिएको छ।  पछिल्लो आठ वर्षदेखि निगमले अन्तर्राष्ट्रियमा चार वटा र आन्तरिकमा दुई वटा जहाजमार्फत् उडान भरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण