"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्च अदालतका ६ न्यायाधीशले लिए शपथ

प्रकाशित मिति :  21 December, 2023 6:48 pm


काठमाडौँ । सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा आयोजित एक समारोहबीच शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो। संसदीय सुनुवाइ समितिले बुधबार उनीहरूको नाम अनुमोदन गरी राष्ट्रपति कार्यालयमा पठाएको थियो। राष्ट्रपति कार्यालयले बुधबार नै उनीहरूलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको सूचना जारी गरेको थियो।

न्यायपरिषद्‍को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो। न्यायपरिषद्ले मंसिर ५ गते ६ जना न्यायाधीशको नाम सिफारिस गरी संसदीय अनुमोदनका लागि पठाएको थियो।

सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन्। पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन्।सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ। सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको