"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रकाशित मिति :  21 December, 2023 7:08 pm


काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० पारित गरेको छ । मन्त्रिपरिषद्को‌ सामाजिक समितिले पेस गरेको निर्देशिका मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

यसअघि २०७५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेको थियो । सो कार्यविधिमा सबै सरकारी कार्यालयले विभिन्न सामाजिक सञ्जाल प्लाटफर्ममार्फत सेवाग्राहीलाई सूचना दिनुपर्ने उल्लेख थियो । ट्वीटर, फेसबुक र भाइबरजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने भनिएको थियो । साथै, कार्यालयहरूले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख थियो ।

हाल सोही कार्यविधिमा संशोधन गरी निर्देशिका बनाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए । ‘यो नयाँ निर्देशिका होइन, पहिलेकै कार्यविधिमा केही संशोधन गरिएको हो,’ उनले भने, ‘के-के संशोधन भयो, त्यो हेर्न पाएको छैन, समिति आफैंले गरेको हो ।’

मन्त्रीपरिषद्ले दुई महिनाअघि सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको थियो । फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लाटफर्ममा राखिने सामग्रीहरू विकृत भएको भन्दै सरकारले निर्देशिका ल्याएको थियो । हाल सरकारले सामाजिक सञ्जाल चलाउँदा प्रयोगकर्ताले गर्न नहुने कार्यहरू गरे र प्लाटफर्म सञ्चालकले स्थानीय कानुन उल्लंघन गरे जरिवाना र सजायका विविध प्रावधानसहित सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्चालन तथा व्यवस्थापन) गर्नेसम्बन्धी विधेयक तर्जुमाको काम अघि बढाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू