"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गल्याङमा ‘कृषक सँग कृषि प्राविधिक’ कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  21 December, 2023 7:55 pm


स्याङ्जा । गाउँ गाउँमा रहेका सामान्य  कृषकहरुलाई नगरपालिका को कृषि र पशु शाखाको सेवा सुविधा सग जोडने,नगरपालिका को कृषि र पशु शाखा बाट प्रदान हुने सेवा सुविधाको पहुँच बाट टाढा रहेका आम कृषक वर्गलाई सम्बन्धित सेवा सुविधाको बारेमा जानकारी गराउने,गाउँ का किसान हरुका कृषि र पशु सम्बन्धित परेका समस्याहरु, गुनासाहरु समाधान गर्ने उदेश्यले गल्याङ नगरपालिका द्वारा आयोजित “कृषक सग कृषि प्राविधिक कार्यक्रम” सम्पन्न भएको छ।

नगरपालिकाले कृषि र पशु उत्पादनमा नगरवासीलाई जोडन उक्त कार्यक्रम सञ्चालन गरिएको थियोे ।गल्याङ नगरपालिका का ११ वटा वडा का ६१ वटा गाउमा २३ गते देखि मिति २६ गते सम्म सञ्चालित उक्त कार्यक्रममा नगरपालिका भित्र का ४१८७ घर परिवारका कृषकहरुको सहभागीता रहेको थियो ।

नेपाल को संविधान २०७२ ले परिकल्पना गरे अनुसार कृषि प्रसार को मुख्य भुमिका स्थानीय तहको हुने भनिए पनि संघियता संगै कृषि प्रसार को पहुँचमा भएका कृषक को जनसंख्या घटदो छ । स्थानीय स्तरका कृषि कार्यक्रम योजना हरुमा सिमित वर्गको मात्र पहुँच हुने भएकोले निर्वाहमुखी,विपन्न तथा निम्नवर्गीय कृषक वर्ग सम्म पुग्ने गरि गल्याङ नगरपालिकाले कृषक सँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेको थियो।

उक्त कार्यक्रम मार्फत गल्याङ नगरपालिकाको ६८ प्रतिशत कृषक घरधुरी लाभान्वित भइ कृषि सम्बन्धि परामर्श ,अन्तरक्रिया ,विउविजन तथा कृषि तथा पशुपालन हाते पुस्तिका प्राप्त गरेका थिए। यस कार्यक्रम मार्फत ७३.८ प्रतिशत महिला लाभान्वित भएको पाइयो भने ४८ प्रतिशत जनजाति तथा ३ प्रतिशत दलित समुदायका कृषकहरुको सहभागी रहेको थियो ।

कृषक वर्गहरुबाट गुणस्तरीय विउविजनमा पहुँच नभएको ,प्राविधिक को लागि एग्रोभेटमा भर पर्नु पर्ने,विषादी को जथाभावी प्रयोग गर्ने,परम्परागत खेती प्रविधिको भर पर्नु परेको, गाईवस्तु तथा बाख्रा बंगुर पालनमा सोचे जस्तो उत्पादन नहुने,बाली हरुको बादरले क्षति गर्ने जस्ता समस्याहरुको उठान गर्नुभएको थियो। 

गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई ,नगरउपप्रमुख हेमा न्यौपाने ,पशु सेवा शाखाका प्रमुख सुशील अर्याल,कृषि शाखा प्रमुख शिव ढकाल लगाएत कृषि र पशु प्राविधिक हरु को उपस्थितिमा सञ्चालित कार्यक्रममा कृषि कार्यक्रम को पहुँचमा निर्वाहमुखी कृषक नभएकोले नगरपालिकाले त्यसको लागि नीति तथा कार्यक्रम मा व्यवस्था गरि सामान्य कृषक वर्गलाई उत्थान गर्ने र उत्पादन बढाउने नगरप्रमुख भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । समग्रमा कार्यक्रमले केही पहुँचवाला कृषक वरपर घुम्ने कृषि कार्यक्रम निम्न वर्गीय कृषक तर्फ उन्मुख गराउन र उत्पादन बढाउन भुमिका खेलेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा