"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

खानेपानी डिभिजन कार्यालय बाराको ठेक्का सूचना किर्तेविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  16 November, 2025 5:37 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख, लेखापाल र दुई सञ्चारमाध्यमसहित त्यसका प्रतिनिधिविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार आ.व. २०७९/८० का २३ वटा निर्माण सम्बन्धी बोलपत्र सूचनाहरू सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाएर किर्ते गरिएको पाइएको छ ।

कलैयास्थित डिभिजन कार्यालयले सूचना लुकाएर एक प्रतिमात्र प्रभाव दैनिकमा छापिएको देखिने गरी भौतिक प्रमाण अभिलेखमा राखेको अनुसन्धानबाट देखिएको अख्तियार जनाएको छ ।

तर, सो सूचना सोही मितिको पत्रिकामा कहीं पनि प्रकाशित नभएको प्रेस काउन्सिल र प्रकाशकबाटै पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

ठेक्काको सूचना नछापिएको अवस्थामा पनि किर्ते बिल बनाएर सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई ३ लाख १६ हजार ५७० रुपैयाँ भुक्तानी दिइएको र सो कम्पनीको खाताबाट ५० हजार रुपैयाँ प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले लिएको तथ्य भेटिएको आयोगको दाबी छ ।

आयोगले उक्त कार्यलाई सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याउने बदनियतपूर्ण भ्रष्टाचार ठहर गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका तत्कालीन डिमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदीप दासलाई मुख्य कसुदारका रूपमा ३ लाख १६ हजार ५७० बिगो बराबर जरिबाना र कैद सजायको माग गरेको छ ।

यस्तै सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशन प्रालिका बजार प्रबन्धक सन्तोषराज खरेललाई मतियार बनेको ठहर गर्दै सोही बराबरको बिगो र कानुनी कारबाही माग गरिएको छ ।

सार्वजनिक विज्ञापन लुकाएर ठेक्का प्रक्रियामा हस्तक्षेप गर्ने कार्य ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को दफा ८(१)(ङ) अन्तर्गतको कसूर हुने ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द