"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  8 December, 2025 8:44 pm


काठमाडौं – जाजरकोटको शिवालय गाउँपालिकास्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष दमाईसहित सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । वन उपभोक्ता समूहका अध्यक्ष दमाई र कोषाध्यक्ष धनसरी रानाले नक्कली भरपाई बनाएर वन हेरालु राखेको आरोपपत्रमा उल्लेख छ ।

उपभोक्ता समूहका पदाधिकारीहरूले डढेलो नियन्त्रणका लागि मानिस खटाएको र वन हेरालु राखेको भन्दै नक्कली भरपाई बनाएर भ्रष्टाचार गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । लेखापरीक्षक भोजराज पाण्डेले बदनियतपूर्वक कारोबार नै नभएको शीर्षकमा खर्च देखाई गलत लेखापरीक्षण  प्रतिवेदन दिएको आरोपपत्रमा उल्लेख छ ।

अध्यक्ष दमाई र कोषाध्यक्ष धनसरी रानाविरुद्ध ९ लाख ६५ हजार ८३७ रुपैयाँ र सचिव रामकुमारी रानाविरुद्ध ८  लाख ४० हजार ८७३ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले