"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  8 December, 2025 8:44 pm


काठमाडौं – जाजरकोटको शिवालय गाउँपालिकास्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष दमाईसहित सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । वन उपभोक्ता समूहका अध्यक्ष दमाई र कोषाध्यक्ष धनसरी रानाले नक्कली भरपाई बनाएर वन हेरालु राखेको आरोपपत्रमा उल्लेख छ ।

उपभोक्ता समूहका पदाधिकारीहरूले डढेलो नियन्त्रणका लागि मानिस खटाएको र वन हेरालु राखेको भन्दै नक्कली भरपाई बनाएर भ्रष्टाचार गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । लेखापरीक्षक भोजराज पाण्डेले बदनियतपूर्वक कारोबार नै नभएको शीर्षकमा खर्च देखाई गलत लेखापरीक्षण  प्रतिवेदन दिएको आरोपपत्रमा उल्लेख छ ।

अध्यक्ष दमाई र कोषाध्यक्ष धनसरी रानाविरुद्ध ९ लाख ६५ हजार ८३७ रुपैयाँ र सचिव रामकुमारी रानाविरुद्ध ८  लाख ४० हजार ८७३ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार

काठमाडौँ — भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा कर्मचारीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार

काठमाडौं – आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले सूचना जारी गरेको छ । गृह मन्त्रालयको