"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रकाशित मिति :  23 December, 2023 1:15 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते सरकार एक वर्ष पुगेको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताएका हुन्।

‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष हुँदैछ। यो एक वर्षमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु।’  उनले प्रतिवद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताएका छन्।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयले गरेका कामहरूबारे आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालय पनि रहेको बताएका हुन्।

‘मन्त्रीहरूलाई बोलाएर के/के गरिरहेको छ भनेर जानकारी लिएको छु। प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ उनले भने, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिनेतिर प्रतिबद्धता व्यक्त गरेको छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल