"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रकाशित मिति :  23 December, 2023 1:15 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते सरकार एक वर्ष पुगेको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताएका हुन्।

‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष हुँदैछ। यो एक वर्षमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु।’  उनले प्रतिवद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताएका छन्।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयले गरेका कामहरूबारे आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालय पनि रहेको बताएका हुन्।

‘मन्त्रीहरूलाई बोलाएर के/के गरिरहेको छ भनेर जानकारी लिएको छु। प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ उनले भने, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिनेतिर प्रतिबद्धता व्यक्त गरेको छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू