कांग्रेसको बाग्मती प्रदेश आज देखि सम्मेलन हुदै
काठमाडौँ । नेपाली कांग्रेसको बाग्मती प्रदेश सम्मेलन सुरू भएको छ। शनिबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा प्रदेश समितिको पहिलो सम्मेलन सुरू भएको हो।
सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ महामन्त्री विश्वप्रकाश शर्मा लगायत थुप्रै नेताहरू सहभागी छन्।सम्मेलनमा गत वर्षको पार्टीको कामको समिक्षा र आगामी वर्षको संकल्पबारे छलफल हुनेछ।
कांग्रेसको विधानमा वर्षमा एकपटक प्रत्येक कार्यसमितिको सम्मेलन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार यस वर्ष लुम्बिनी, गण्डकी र मधेस प्रदेशको सम्मेलन भइसकेको छ।













